@parichaynepal: आउँदो साउन २३ गते प्रदर्शन हुने चलचित्र ‘मोहर’ अन्धविश्वास र बालिकामाथिको हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले तयार गरिएको छ। चलचित्रका लेखक तथा निर्देशक ओम प्रतीक भन्छन्, “आज पनि देउकी प्रथा विभिन्न रूपमा जारी छ। त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने सन्देश यो चलचित्रले दिन खोजेको हो।” पल शाह, बेनिशा हमाल, निती शाह लगायत कलाकारको अभिनय रहेको यो चलचित्रमा सामाजिक यथार्थ र विद्रोह मिसिएको छ। नायिका निती शाहले भनिन्, “यो चलचित्रले मनोरञ्जनसँगै दुःखद परम्पराको भण्डाफोर गर्छ। यसले महिला र बालिकामाथिको हिंसा घटाउन सहयोग पुर्याउँछ भन्ने विश्वास छ।” 📍 नजिकको हलमा हेर्न नबिर्सनुहोस्! #MohorMovie #NepaliMovie #SocialAwareness #VoiceForJustice #StopChildAbuse #EndSuperstition