@itsme.yeoll: top nya cakep banget ala cewe pinterest #fittedtop #croptop #sleeve #atasanwanita

ִֶָsunsh!ne𐙚
ִֶָsunsh!ne𐙚
Open In TikTok:
Region: ID
Saturday 27 September 2025 12:34:59 GMT
3918
520
1
34

Music

Download

Comments

jongintemm
Jongintem :
2025-09-27 13:32:05
0
To see more videos from user @itsme.yeoll, please go to the Tikwm homepage.

Other Videos

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पछिल्ला दिनमा सामाजिक सञ्जालमा कडा आलोचनाको घेरामा परेका छन्। लोकप्रियतावादको प्रतीकका रूपमा पहिचान भएका बालेनको साख भदौको जेन–जी आन्दोलनपछि तीव्र रूपमा ओरालो लागेको देखिन्छ। पहिले आँखा चिम्लिएर समर्थन गर्ने मतदाताहरू समेत अहिले उनको निर्णय र स्वभावप्रति प्रश्न गर्न थालेका छन्। बालेन २०७९ सालको स्थानीय तहको निर्वाचनमा ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीतको रिमिक्समार्फत जनसहानुभूति र युवाको समर्थन हासिल गर्दै मेयर बनेका थिए। तर पछिल्लो समय, उनीमाथि जेन–जी आन्दोलनमा परोक्ष रूपमा हाइज्याक गरेको, बाह्य शक्तिको प्रभावमा संसद् विघटन गराएको र नागरिक आन्दोलनलाई राजनीतिक लाभको माध्यम बनाएको आरोप बढ्दै गएको छ। त्यसपछि, सामाजिक सञ्जालमा बालेनविरुद्ध ‘लुसिफर’ नामक उपमा चर्चामा आएको छ। लेखक तथा राजनीतिक विश्लेषक सौरभले एक अन्तर्वार्तामा बालेनको स्वभाव, पोशाक र सार्वजनिक व्यवहारका कारण उनलाई ‘लुसिफर’सँग तुलना गरेका थिए। सौरभले भनेका थिए — “बालेन सधैं कालो लुगा र कालो चश्मा लगाउँछन्, रहस्यमय र खतरनाक देखिन्छन्। बाइबल अनुसार लुसिफर पनि घमण्ड र अन्धकारको प्रतीक थिए।” उनको उक्त भनाइपछि सामाजिक सञ्जालमा बालेनमाथि ‘लुसिफर राइजिङ’ भन्दै बहिष्कार अभियान सुरु भएको छ। फेसबुक र टिकटकमा बालेनलाई “अहंकारी, रहस्यमय र अराजक प्रवृत्तिको प्रतीक”का रूपमा चित्रण गर्ने पोस्टहरू व्यापक रूपमा फैलिएका छन्। धेरैले बालेनको पछिल्लो व्यवहार — सार्वजनिक कार्यक्रममा भाग नलिनु, नागरिक मुद्दामा मौन रहनु, कालो पोशाक र कठोर अभिव्यक्ति प्रयोग गर्नु — उनको लोकप्रियतालाई कमजोर बनाइरहेको बताएका छन्। जेन–जी आन्दोलनमा देखिएको असंवेदनशीलता र नेपथ्य भूमिकाबारे उठेका प्रश्नहरूले पनि उनको राजनीतिक भविष्यमा प्रभाव पार्न थालेको विश्लेषकहरूको मत छ। काठमाडौँ महानगरको प्रमुखको रूपमा सुरुमा “सिस्टमसँग लड्ने मेयर”को छवि बनाएका बालेन अहिले “सिस्टमभित्रै गुम्सिने व्यक्तित्व”का रूपमा आलोचित हुन थालेका छन्। राजनीतिक विश्लेषकहरूको भनाइमा, बालेन साह अहिले लोकप्रियताबाट विवादको केन्द्रमा पुगेका छन् — जहाँ नागरिकले उनीमाथि आशा होइन, अब प्रश्न गर्न थालेका छन्।

About