@flop_birgunj: बिरगंज छपकैया सडक जलमग्न : अविरल वर्षाले जनजीवन प्रभावित बिरगंज, असोज १८ — आज बिहानदेखिको लगातार वर्षाका कारण बिरगंजको छपकैया क्षेत्रको सडक जलमग्न भएको छ। सडकमा पानी थुनिँदा सवारीसाधन सञ्चालनमा समस्या देखिएको छ भने स्थानीय बासिन्दा आवतजावतमा समेत कठिनाइ भोगिरहेका छन्।