@gagan_the_hope: “GenZ आन्दोलनपछि धेरैले गगन थापालाई हेर्ने नजर नै फेरिएको छ। अहिले उनका अन्तर्वार्ता, भाषण र भिडियो सन्देशहरू हेरेर धेरै युवा ‘गगन साँच्चै त दमदार रहेछ’ भनेर प्रशंसा गर्न थालेका छन्। तर वास्तविकता के हो भने — गगन त आजको यो जागरण सुरु हुनु भन्दा धेरै अघि नै यही बाटोमा हिँडिरहेका थिए। उनी सधैं परिवर्तन, पारदर्शिता र उत्तरदायित्वका पक्षमा बोल्ने नेतामध्ये एक थिए — फर्किएर हेर्नेहरू अहिले मात्र उनको कुरा बुझ्न थालेका हुन्। GenZ ले अहिले जुन विचारलाई आन्दोलनको रूपमा बोलेका छन्, त्यो विचार गगनले वर्षौं अघि नै पार्टीभित्र र संसदमा उठाइसकेका थिए। तर त्यो बेला उनको आवाज सानो लाग्थ्यो, किनभने देश सुन्न तयार थिएन। अहिले देश ब्यूँझिएको छ — र गगनको पुरानो आवाजलाई नयाँ पुस्ताले ‘आफ्नो आवाज’को रूपमा महसुस गर्न थालेको हो।” 🔥 #GaganThapa #genzrevolution #fightforchange