@nepal.speaks.live: २३ र २४ भदौमा व्यापक तोडफोड, आगजनी र सुरक्षा विफलताका घटनाबारे जाँचबुझ आयोगले नेपाली सेनासँग स्पष्टीकरण मागे पनि जंगीअड्डाले दुई सातादेखि स्पष्ट जवाफ नपठाएको आयोगले जनाएको छ। सिंहदरबार, प्रधानमन्त्री निवास, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतजस्ता संवेदनशील संरचना तोडफोड हुँदा सेना जिम्मेवार सुरक्षा निकाय भएकाले आयोगले ‘त्यो दिन के कदम चालियो ?’ भनी विवरण मागेको हो। आयोगले फिल्डमा खटिएका सैनिक अधिकारी, जवानको सूची र घटनासम्बन्धी सम्पूर्ण विवरण मागेको तर पूर्ण जानकारी नआएको बताइएको छ। सेनाले भने केही क्षतिको विवरण पहिल्यै दिएको दाबी गर्दै चेन अफ कमान्डअनुसार संस्थागत रूपमा मात्रै टिप्पणी गर्न मिल्ने बताएको छ। पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले पनि व्यक्तिगत अधिकारीलाई आयोगमा पठाउने प्रचलन नरहेको र जिम्मेवारी संस्थागत रूपमा लिने व्यवस्था रहेको स्पष्ट पारे। सुरक्षा विज्ञ इन्द्र अधिकारीले सेना पनि आयोगसँग पूर्ण रूपमा सहकार्य गर्नुपर्ने बताउँदै विगतमा समेत सेनाको भूमिका विवादमा आए पनि छानबिनका सिफारिस नआउने गरेको उल्लेख गरिन्। उक्त घटनामा प्रहरीमाथि व्यापक दमनको आरोप छ, जसमा २२ जनाको मृत्यु भयो। कर्फ्युपछि सेना उपत्यकामा परिचालन भए पनि २४ भदौमा राति १० बजेपछि मात्र सुरक्षा ‘कमान्ड’ लिएको थियो। त्यो दिन प्रदर्शनकारीले त्रिभुवन विमानस्थलतर्फ धाउन खोज्दा मात्रै सेनाले प्रत्यक्ष रोकथाम गरेको थियो। सेनाका अधिकारीहरूले घातक शक्ति प्रयोग नगरेर जनधन सुरक्षा र राष्ट्रिय एकतालाई प्राथमिकता दिएको दाबी गरेका छन्। #nepalspeakslive #news #nepal #Genznepal #NepaliArmy
Nepal speaks Live - NSL
Region: NP
Friday 21 November 2025 03:20:46 GMT
Music
Download
Comments
There are no more comments for this video.
To see more videos from user @nepal.speaks.live, please go to the Tikwm
homepage.