@kingdomofnepal100: मेरो प्रिय नेपाली जनतासँगको नाता शासनको नभई आत्माको हो। तपाईँहरूको विश्वास, श्रम र समर्पणले नै यो राष्ट्रको ढुकुटी धड्किन्छ। देशले कठिनाइ व्यहोर्दा मैले सधैँ जनताको आँखामा पीडा र मुटुमा आशा देखेको छु। हामी सबैको उद्देश्य एउटै हो सुरक्षित, समृद्ध र गौरवशाली नेपाल। जनता सबल, सचेत र एकताबद्ध भए कुनै शक्ति यस्तो छैन जसले नेपालको भविष्य रोक्न सक्छ। मेरो कर्तव्य सदैव जनताको सुन्ने, बुझ्ने र राष्ट्रहितमा निर्णय लिनेमै रह्यो, र रहिरहनेछ। तपाईँहरूको सद्भाव, धैर्य र देशप्रतिको अटल श्रद्धा नै मेरो प्रेरणाको स्रोत हो। जनताको शक्ति नै राष्ट्रको मेरुदण्ड हो। तपाईँहरूको विश्वासले मेरो यात्रालाई अर्थ दिन्छ, तपाईँहरूको आवाज मेरो निर्णयको आधार बन्छ। जय जनता। जय नेपाल।”** -- जी शाह ✍️✍️